free website hit counter

नयाँ पुनर्बीमा कम्पनी खोल्न विज्ञहरुको बन्यो ‘टिम

beemaadmin
२०७७ फाल्गुन ११, मंगलवार

काठमाडौं । एउटै मात्र पुनर्बीमा कम्पनी रहेका कारण थप तीन वटा पुनर्बीमा कम्पनी खोल्ने तयारी भित्रभित्रै भइरहेको बेला काठमाडौं रि इन्स्योरेन्स नामक नयाँ पुनर्बीमा कम्पनीको काम भने अघि बढिसकेको छ ।

नियामक निकाय बीमा समितिले नयाँ कम्पनी खोल्न इजाजत दिने तयारी गरेपछि बीमा क्षेत्रहरुको बिज्ञहरु सम्मिलित एउटा समूहले काठमाडौं रिइन्स्योरेन्स नामक नयाँ पुनर्बिमा कम्पनी खोल्ने तयारीमा राम्रैसँग अघि बढाएको छ ।

Advertisement
Advertisement

प्रस्तावित उक्त कम्पनीमा बीमा क्षेत्रको निमनकारी निकाय बिमा समितिकै पूर्ब अध्यक्ष देवेन्द्र प्रताव साह, बिमा कम्पनीका सबै भन्दा पुराना सीईओ रमेशकुमार भट्टराई, नेपाल पुनर्बिमा कम्पनीका पूर्ब अध्यक्ष महेश गुरागाईं र आइएमई लाइफ इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टको टिम बनेको हो ।

Advertisement
Advertisement

प्रस्तावित काठमाडौं रि इस्योरेन्सको अधिकृत पुँजी २० अर्ब रुपैयाँ र जारी पुँजी १० अर्ब रुपैयाँ हुने बताइएको छ । ३० प्रतिशत सेयर भने सर्वसाधारणका लागि छुट्याउने गरी तत्काल चुक्ता पुँजी ७ अर्ब रुपैयाँ हुनेछ । कम्पनीमा विदेशी साझेदार समेत भित्र्याउने गरी काम भइरहेको बताइएको छ ।

उनका अनुसार ७० प्रतिशत संस्थापक मध्ये २० प्रतिशतसम्म विदेशी साझेदार बिमा वा पुनर्बिमा कम्पनीलाई दिइनेछ । सञ्चालक समितिमा २ जना संस्थागत, २ जना व्यक्तिगत, २ जना सर्वसाधारण र १ जना स्वतन्त्र गरी ७ सदस्यीय सञ्चालक समिति रहने गरी गृहकार्य गरिएको उनले जानकारी दिए ।

सम्बन्धित समाचार