free website hit counter

विदेशी भूमिमा प्रवासी नेपाली जुटे

beemaadmin
२०७७ फाल्गुन १६, आईतवार

अस्टे्लिया । ब्रिस्बेनको न्यूफाम पार्कमा आयोजित प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलिया क्वीन्सल्याण्ड राज्य समितिको बृहत कार्यकर्ता भेला सम्पन्न भयो । मञ्चका संस्थापक अध्यक्ष तथा राष्ट्रिय सल्लाहकार समितीका प्रमुख सल्लाहकार डा. जगदिश तिम्सिना प्रमुख अतिथि र राष्ट्रिय कमिटीका अध्यक्ष रमेश पाण्डे बिषेश अतिथिको रुपमा सहभागी हुनुहुन्थ्यो। तेसैगरी अतिथिहरु मञ्चका न्युसाउथवेल्स तथा अष्ट्रेलियन क्यापटल टेरोटेरीका इन्चार्ज तथा सचिवालय सदस्य केशव जोशी, राष्ट्रिय सल्लाहकार समितीका सल्लाहकार डा. हेमाङ्ग शर्मा र क्वीन्सल्याण्ड राज्य समितिका इन्चार्ज चिन बहादुर नेपाली हुनुहुन्थ्यो।

भेलाले रमेश पाण्डे (क्युएलडी) को संयोजक र बिमल न्यौपाने सचिव रहनेगरी ४१ सदस्य प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलिया क्वीन्सल्याण्ड राज्य समिति सहित ११ सदस्य सल्लाहकार समिति निर्माण गरेको छ। कमिटीका पधादिकारी तथा सदस्यहरुलाई अध्यक्ष रमेश पाण्डेले पद तथा गोपनियताको शपथ गराउनुभएको थियो ।

प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलिया कुईन्सल्याण्ड राज्य समिती को सल्लाहकारहरुमा

चिन बहादुर नेपाली
असिम कोइराला
राम आचार्य
पशुपति भट्टराई
नरबहादुर श्रेष्ठ
मेघ सुबेदी
तपी थापा
सुनिल पराजुली
चन्दन घिमिरे
डा. प्रविन पौडेल हुनुहुन्छ ।

यसै गरी प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलिया कुईन्सल्याण्ड राज्य समिती

संयोजक – रमेश पाण्डे (क्युएलडी)
सह-संयोजक- अरुण तिवारी
सचिव – बिमल न्यौपाने
सह-सचिव- सजिन श्रेष्ठ
सह-सचिव- बिकाश मान सिं भण्डारी
कोषाध्यक्ष- निशा दुलाल हुनुहुन्छ ।
यसैगरी सदस्यहरुमा
– राजेश गिरी
– अनिल ढकाल
– निरन्जन बुडाथोकी
– राम सुवेदी
– सिताराम पाण्डे
– प्रकाश सुबेदी
– स्वती गुरुङ्ग
– बिवेक गिरी
– सरोज श्रेष्ठ
– अर्जुन भट्टराई
– भगवान भण्डारी
– सुरेश बोगटी
– सुदर्शन रायमाझि
– मनिश मली
– अस्मिता क्षेत्री
– बिशाल केसी
– ध्रुव लम्साल
– अभिसेक भण्डारी
– सुप्रिम अधिकारी
– सुमित राना
– बिबेक श्रेष्ठ
– सुरेन्द्र पन्थ
– सुबिन श्रेष्ठ
– अनोज लामिछाने
– बिवस गिरी
– प्रविन कार्की
– अर्पन अधिकारी
– बिमल श्रेष्ठ
– अर्जुन केसी

कार्यक्रममा प्रमुख अतिथि डा। जगदिश तिम्सिनाले नेपालमा अहिले उपलब्ध नेताहरुमध्यमा प्रधानमन्त्री केपी शर्मा ओली नै प्रधानमन्त्रिको लागी अब्बल रहेको र प्रवासमा रहेका नेपालीहरु प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा रहनु पर्ने कुरामा जोड दिनुभयो। बिशेष अतिथि राष्ट्रिय कमिटीका अध्यक्ष रमेश पाण्डेले प्रधानमन्त्रिको सम्बृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय अभियान मा प्रबासी नेपालीहरुको साथ् र सहयोग रहने प्रतिबद्दता ब्यक्त गर्दै आफुहरु सधैं नेपालको बिकास र प्रगती देख्न चाहने हुँदा त्यो केपी ओलिबाट मात्र सम्भब रहेको धारणा राख्नुभयो ।

नयाँ कमिटिलाई सफलताको शुभकामना दिदै अध्यक्ष पाण्डेले संपुर्ण सदस्यहरुलाई सामाजिक कार्यमा संलग्नहुन आग्रह गर्नुभएको थियो । अतिथि मञ्चका न्युसाउथवेल्स तथा अष्ट्रेलियन क्यापटल टेरोटेरीका इन्चार्ज तथा सचिवालय सदस्य केशव जोशीले नेपाललाई अग्रतिमा दौडाउन केपी ओलिबाट मात्र संभव रहेको बताउनुभयो । जोशीले बिदेशिको इसारामा नाच्ने अस्थिरता संभाहकहरु प्रचण्ड र माकुनेबाट चालिएका हरेक कदमलाई परास्तगर्न हामी प्रवासी नेपालीहरुले देश भक्ती नेता प्रधानमन्त्री के पि ओलीलाई साथदिनु पर्ने कुरामा जोड दिनुभएको थियो ।

तेसैगरीअतिथी राष्ट्रिय सल्लाहकार समितीका सल्लाहकार डा। हेमाङ्ग शर्माले आफु कानुनको बिध्यार्थी भएकोले हालै सर्बोच्च अदालतको निर्णय पछी देश गंभिर कानुनी र राजनितिक झमेलामा फस्न सक्ने कुरामा जोड दिनुभयो। र सर्वोच्च अदालतले संबैधानिक जटिलता करेक्सन गर्न चुकेमा दुख ब्यक्त गर्नु भयो । अर्का अतिथि क्वीन्सल्याण्ड राज्य समितिका इन्चार्ज चिन बहादुर नेपालीले स्वागत मन्तब्य राख्दै क्वीन्सल्याण्ड राज्यमा मञ्च बिभिन्न सामुदायिक संघ संस्था सित हातेमालो गर्दै अघी बढ्नेकुरामा बिस्वास दिलानु भएको थियो ।

कार्यक्रमको सभापतित्व प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाका केन्द्रीय सचिवालय सदस्य अशिम कोईरालाले गर्नुभएको थियो भने कार्यक्रम संचालन मञ्चका नवनियुक्त सचिव बिमल न्यौपानेले गर्नुभएको थियो । नव नियुक्त प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलिया कुईन्सल्याण्ड राज्य समितीका संयोजक रमेश पाण्डेले प्रतिबद्धता मन्तव्य व्यक्त गर्नुभएको थियो।

सम्बन्धित समाचार