free website hit counter

डेपुटी गभर्नरको दौडमा को को मैदानमा ?

beemaadmin
२०७७ फाल्गुन १८, मंगलवार

काठमाडौं । नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नर चिन्तामणी सिवाकोटी र शिवराज श्रेष्ठको अवकाशसँगै दुई पद खाली भएका छन् । आज फागुन १८ गते ५ वर्षे कार्यकाल पूरा गरी नेपाल शिवाकोटी र श्रेष्ठ अवकाश हुँदैछन् । डेपुटी गभर्नर नियुक्त हुनुभन्दा अगाडि सिवाकोटी मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक थिए भने श्रेष्ठ मानव व्यवस्थापन विभागका कार्यकारी निर्देशक थिए । गत वर्ष सिवाकोटी गभर्नरको आकांक्षी देखिए पनि लगानी वोर्डका पूर्व कार्यकारी अधिकृत महाप्रसाद अधिकारीको नाम मन्त्रिपरिषद्ले सिफारिस गरेपछि सिवाकोटीको यात्रा रोकिएको थियो ।

कोरोना महामारीका कारण नयाँ गभर्नर नियुक्ति ढिलाइ हुँदा सिवाकोटीले २० दिन कायममुकायम गभर्नरका रुपमा काम गर्ने अवसर पाएका थिए । गभर्नरको पद नपाए पनि सिवाकोटीलाई बीमा समितिको अध्यक्षको प्रत्यासीकोरुपमा हेरिएको थियो । तर ,उनको स्थानमा पूर्व गृहसचिव सुर्यप्रसाद सिलवाल बीमा समितको अध्यक्षमा नियुक्त भएपछि उनको त्यो इच्छा पनि पूरा नभएको देखिन्छ । यो पटक पनि डेपुटी नियुक्ति गर्ने निर्णायक ठाउँमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेल नै छन् । ५ वर्ष अगाडि डिपुटी गभर्नर नियुक्तिमा विवाद भएपनि अहिले प्रधानमन्त्रीले चाहेको व्यक्ति डेपुटी गभर्नर नियुक्ती हुने संभावना बढी छ । गभर्नरले डेपुटी गर्भनर नियुक्ति गर्दा कार्य सम्पादन मूल्याङ्क दक्षता र वरिष्ठताका आधार बनाइने भए पनि यसमा राजनीतिक नियुक्ति गरिँदै आएको विगतका नियुक्तिले देखाउने गरेको छ ।

डेपुटी गभर्नर नियुक्त गर्दा गर्भनरले ४ जना संभावित उमेद्धारको नाम अर्थ मन्त्रालय पठाउने र अर्थ मन्त्रालयबाट मन्त्रीपरिषद् प्रस्तुत गर्नुपर्ने कानूनी व्यवस्था छ । हाल राष्ट्र बैंकमा १७ कार्यकारी निर्देशक रहेका छन् । यी मध्येबाट ४ जनाको नाम गभर्नरले अर्थमन्त्रालय पठाउने छन् । सोही आधारमा मन्त्रिपरिषद्ले दुई जना डिपुटी गभर्नर नियुक्ति गर्नेछ । १७ वटा विभागका कार्यकारी निर्देशकहरु नै डेपुटी गभर्नर पाउने भएकाले उसका लागि राजनीतिक डौडधुप शुरु भइसकेको छ । पछिल्लो पटक सरकारले गरेको निर्णयबाट कोको डिपुटी गभर्नर नियुक्ति हुन्छन्र यसै भन्न सकिने अवस्था भने छैन । तर अर्थमन्त्रीका आर्थिक सल्लाकार तथा लघुबित्त बित्तीय संस्था सुपरिवेक्षण बिभागका कार्यकारी निर्देशक डा. प्रकासकुमार श्रेष्ठको नाम सिनियर डेपुटी गभर्नरको रुपमा चर्चामा रहेको छ ।

त्यस्तै विदेशी विनियम व्यवस्थापन विभागका कार्यकारी निर्देशक वमवहादुर मिश्र, भुक्तानी प्रणाली विभागका भुवन कडेल, बैंक तथा बित्तीय संस्था नियमन बिभाग समालेका देवकुमार ढकाल, सार्वजनिक ऋण व्यवस्थापन प्रमुख कार्यकारी निर्देशक निलम ढुङ्गाना तिम्लसिनालगायतका नाम चर्चामा छ । त्यस्तै आफूलाई तटस्थ तर आवश्यकता परेमा राजनीतिक सहयोग लिन तयार रहेको बताउने नेपाल राष्ट्र बैंकका प्रवक्ता समेत रहेका डा. गुणाकार भट्ट पनि डेपुटी गभर्नरका प्रत्यासी रहेका छन् । त्यस्तै बैंकिङ्ग सुपरिवेक्षण विभागका महानिर्देशक मुकुन्द कुमार क्षेत्री र बिकास बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक ऋषिकेस भट्ट काग्रेसतर्फबाट डिपुटी गभर्नरका आकांक्षीको रुपमा मैदानमा देखिएका छन् ।

सम्बन्धित समाचार