free website hit counter

कृषि तथा पशुपन्छी बीमा निर्देशिका परिमार्जन, कृषि तथा पशुपन्छी प्राविधिकले बीमा अभिकर्ताको काम गर्न पाउने

beemaadmin
२०७७ फाल्गुन १९, बुधबार

काठमाडौंं । कृषि तथा पशु प्रविधिकको रुपमा काम गर्ने व्यक्ति तथा संस्थाले पनि अब बीमा अभिकर्ता भइ काम गर्न सक्ने भएका छन् । बीमा समितिले कृषि तथा पशुपन्छी बीमा निर्देशिका २०७७ लाई परिमार्जन गर्दै यस्तो व्यवस्था मिलाएको हो ।

व्यक्तिगत तथा संस्थागत प्राविधिकले कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको रुपमा कार्य गर्दा एउटै बीमालेखमा प्रविधिक र अभिकर्ता भई कार्य गन भने नपाउने व्यवस्था छ।

Advertisement
Advertisement

कुनै व्यक्तिले कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको रुपमा कार्य गर्न इच्छुकले प्रविधिकको योग्यता पुरा गरी बीमा अभिकर्ताको ईजाजतपत्र प्राप्त गरेको हुनुपर्नेछ। प्रविधिकले बीमा अभिकर्ताको रुपमा काम गरेवापत बीमाशुल्कमा पाँच प्रतिशत पारिश्रमिक प्राप्त गर्नसक्ने व्यवस्था मिलाइएको छ।

Advertisement
Advertisement

सम्बन्धित समाचार