free website hit counter

कहाँ कहाँ छ पुनर्बीमा कम्पनीको लगानी ?

beemaadmin
२०७७ फाल्गुन २४, सोमबार

काठमाडौं । नेपालको एक मात्रै पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनीले १७ अर्ब रुपैयाँ भन्दा बढी लगानी गरेको छ । बीमा समितिले जनाएअनुसार कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा विभिन्न क्षेत्रमा १७ अर्ब १९ करोड ५४ लाख रुपैयाँ लगानी गरेको हो ।

यस अवधिमा कम्पनीले नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा, वाणिज्य बैंकको मुद्धती निक्षेपमा, नेप्सेमा सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर तथा ऋणपत्रमा, ख र ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्धती निक्षेपमा लगानी गरेको छ ।

बजारमा छोटो समयमा नै शेयर मूल्य उचाइमा पुगेर चर्चामा आएको पुनर्बीमा कम्पनीले सबैभन्दा धेरै क वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्धती निक्षेपमा १३ अर्ब ८ करोड ५० हजार रुपैयाँ लगानी गरेको छ । यो कम्पनीको कुल लगानी १७ अर्ब १९ करोड ५४ लाख रुपैयाँको ७६.०९ प्रतिशत हो ।

यस्तै कम्पनीले ख वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्धती निक्षेपमा एक अर्ब २३ करोड रुपैयाँ र ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्धती निक्षेपमा ७१ हजार रुपैयाँ लगानी गरेको छ । यसैगरी, कम्पनीले नेपाल सरकारको ऋणपत्रमा ३० करोड रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा एक अर्ब २२ करोड ६४ लाख रुपैयाँ, बैंक तथा वित्तीय संस्थाको अग्रधिकार शेयर र ऋणपत्रमा एक अर्ब ३५ करोड ३९ लाख रुपैयाँ लगानी गरेको छ ।

सम्बन्धित समाचार