free website hit counter

पेशागत हकहितका लागि सम्पुर्ण अभिकर्ता एकजुट हुन आग्रह

beemaadmin
२०७७ फाल्गुन २५, मंगलवार

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल बिमक समिती नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बाग्लुङमा बीमा अभिकर्ता सशक्तीकरण अभियान सम्पन्न गरेको छ । ‘सम्पुर्ण बीमाअभिकर्ता एक होऔं’ भन्ने मुल नारा सहित आयोजित कार्यक्रममा बोल्दै पेशागत बीमाअभिकर्ता संघ नेपालका केन्द्रिय अध्यक्ष नन्दप्रसाद तिवारीले आफ्नो हकहितको लागि देशै भरीका सम्पुर्ण बीमा अभिकर्ताहरु एकजुट हुन आवश्यक रहेको बताएका छन् ।

बीमा क्षेत्रले देशको आर्थिक उन्नतिमा धेरै टेवा दिने बताउँदै अध्यक्ष तिवारीले बीमा अभिकर्ताहरुले देश निर्माणमा ठूलो सहयोग गरेकोले सरकारले बीमा क्षेत्रलार्इ प्राथमिकतामा राख्नुपर्ने बताए । कार्यक्रममा धौलागिरीको बेनि, कुश्मा, बुर्तिवाङ, गल्कोट र बाग्लुङ शाखामा आबद्ध १ सय २० जना अभिकर्ता सहभागी थिए ।

Advertisement
Advertisement

धौलागिरी अञ्चल स्तरीय कार्यक्रममा पेशागत बीमा अभिकर्ता संघ नेपाल बिमक समिति नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका केन्द्रिय अध्यक्ष राजेन्द्र आमत्य, केन्द्रिय वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद आचार्य, अभिकर्ता संघ बाग्लुङका अध्यक्ष रामशरण पोख्रेल, बाग्लुङ शाखाप्रमुख महेन्द्र गुरुङ,कुश्मा उपशाखा प्रमुख ज्ञानु कुवर, बेनि उपशाखा प्रमुख प्रकाश रेग्मी लगायतले बोलेका थिए ।

Advertisement
Advertisement

यस्तै अभिकर्ता संघ बाग्लुङका प्रमुख सल्लाहकार दिपक सापकोटा, बीमा क्षेत्रका धौलागिरी टपर घनश्याम रिजाल, चितवनको पर्सा शाखा अध्यक्ष दुर्गा भट्टराई, चितवनको टाँडि उपशाखा अध्यक्ष पार्वती भुसाल,बुर्तिवाङ उपशाखा अध्यक्ष लक्ष्मी सेन, कुश्मा उपशाखा अध्यक्ष सरस्वती गिरि, बेनि उपशाखा अध्यक्ष जानकी बिश्वकर्मा, गल्कोट संयोजक टोपबहादुर खत्री लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

सम्बन्धित समाचार