free website hit counter

पशुपति मन्दिर परिसरमा एलआईसीले बाड्यो भोजन र पानी

beemaadmin
२०७७ फाल्गुन २७, बिहीबार

काठमाडौं । बीमा व्यवसायसँगै सामाजिक उत्तसरदायित्वका काममा पनि सक्रिय जीवन बीमा कम्पनी एलआईसी नेपालले हिन्दूहरुका आरध्यदेव भगवान शिवको जन्मदिन शिवरात्रिका दिन पारेर पशुपति मन्दिर परिसरमा निशुल्क भोजन र पानी वितरण गरेको छ । बिगत ९ वर्षदेखि निरन्तर यस्ता कार्य गर्दै आएको एलआईसी नेपाल जनाएको छ । शिवरात्रिका अवसरमा पशुपति नाथको दर्शन गर्न आउने जो कसैले यो सुविधा लिन कम्पनीले आग्रह गरेको छ ।

सो सामाजिक कार्यमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दास, कम्पनी सचिव विनोद भुजेल लगायत उच्च व्यवस्थापन तहका कर्मचारीको उपस्थिती रहेको छ। एलआईसी नेपाल तथा एलआईसी नेपालको कर्मचारी कल्याणकारी कोषको सयुक्त रुपमा भएको यस कार्यक्रममा कम्पनीका २० जना भन्दा धेरै कर्मचारीहरुको उपस्थिति रहेको जनाएको छ। पशुपतिनाथको मन्दिर परिसरमा स्टल नै राखेर आज विहान ७ बजेदेखि भक्तजनहरुको सेवा गरिरहेको छ। कम्पनीले साझ ४ बजेसम्म भक्तजनहरुको सेवा गर्ने जनाएको छ ।

सम्बन्धित समाचार