free website hit counter

बुर्का प्रतिबन्धले श्रीलंकामा तमासा

beemaadmin
२०७७ चैत्र ५, बिहीबार

एजेन्सी । विश्व मंगलग्रहमा वस्ती बसाउने सम्भावनाको खोजीमा लागेका बेला मुस्लिम कट्टरवादीहरुले भने बुर्का समेत त्याग्न सकेका छैनन् । स्विट्जरल्यान्डपछि श्रीलंकाले पनि बुर्का लगाउन प्रतिबन्ध लगाउने निर्णय गरेको छ। यससँगै देशभर १ हजारभन्दा बढी इस्लामिक स्कुल पनि बन्द हुने तयारीमा छन् । सार्वजनिक सुरक्षा मन्त्री शरत वीरशेखराले शनिबार पत्रकार सम्मेलन गरी राष्ट्रिय सुरक्षाका हिसाबले बुर्का लगाउन प्रतिबन्ध लगाइएको बताए । ‘मैले शुक्रबार क्याबिनेटको अनुमोदनको लागि एउटा पत्र लेखेको थिएँ जस लाई क्याबिनेटले अनुमोदन गरेको छ । अब संसदले निर्णयलाई अन्तिम रुप दिनेछ’ उनले भने ।

पहिले मुस्लिम महिला र बालिकाले बुर्का नलगाएको बताउँदै वीरशेखराले भने ‘यो धार्मिक अतिवादको प्रतीक हो, जुन हालै प्रचलनमा आएको छ। हामी पक्कै पनि प्रतिबन्ध लगाउनेछौं ।’ सन् २०१९ मा इस्टरमा चर्च र होटलमा आतंकवादी हमला भएपछि बौद्ध धर्ममा विश्वास गर्ने देशले केही समयका लागि बुर्का लगाउन प्रतिबन्ध लगाएको थियो । यस आक्रमणमा २५० भन्दा बढी मानिसहरू मारिएका थिए। त्यतिबेल यो निर्णयप्रति मिश्रित प्रतिक्रिया देखाइएको थियो । केही कार्यकर्ताहरूले यसले मुस्लिम महिलाहरूको धार्मिक अधिकारको हनन भएको बताएका थिए । वीरशेखराले भने ‘सरकारले १ हजारभन्दा बढी इस्लामिक स्कुलमा प्रतिबन्ध लगाउने योजना बनाएको छ । सरकारले यी विद्यालयहरूले राष्ट्रिय शिक्षा नीतिको उपहास गरिरहेको मानेको छ । कसैले पनि आफ्नै मर्जीले विद्यालय खोलेर जेसुकै पढ्न सक्दैन ।’ गत वर्ष राष्ट्रपति निर्वाचित भएपछि गोटाबाया राजपाक्षेले देशमा अतिवाद अन्त्य गर्ने वचन दिएका थिए। राजपाक्षे श्रीलंकाको उत्तर क्षेत्रमा दशकौं लामो विद्रोहलाई कुल्चने व्यक्तिको रूपमा चिनिन्छ। गत वर्ष श्रीलंका सरकारले कोरोनाका कारण मृत्यु भएका मुस्लिमलाई गाड्नुको सट्टा जलाउन आदेश दिएको थियो। अमेरिकाबाहेक विभिन्न अन्तर्राष्ट्रिय मानवअधिकारवादी समूहले यसको आलोचना गरेका थिए।

सम्बन्धित समाचार