free website hit counter

महालक्ष्मी लाईफले दियो सम्पत्ति शुद्धिकरण तालिम

beemaadmin
२०७७ चैत्र ८, आईतवार

काठमाडौं । आफ्नो व्यवसायलाई चुस्त, दुरुस्त र मर्यादित बनाउन लागि परेको महालक्ष्मी लाईफ इन्स्योरेन्सले शुक्रबार कोहलपुरमा सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी तालिम प्रदान गरेको छ ।

कम्पनीले सातै प्रदेशमा उक्त तालिम संचालन गर्न क्रममा शुक्रबार कोहलपुरमा कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश र साविक राप्ति अञ्चल अन्तर्गतका २२ जना प्रमुखलाई तालिम प्रदान गरेको हो । अपराधिक क्रियाकलाप र गैरकानुनी काम गरी आर्जन गरेको रकम बैँक र बीमाको माध्यमले शुद्धिकरण गर्ने गरिएको छ ।

Advertisement
Advertisement

यस्तो कार्यलाई निरूत्साहित र निवारण गर्न कर्मचारीहरूलाई यस सम्बन्धि कानुनी व्यवस्था, शुद्धिकरणका प्रयास, रिपोर्टिङको तरिका र निवारणका प्रकृया बारेमा कम्पनीले तालिम प्रदान गरेको हो । कम्पनीका बरिष्ट सहायक महाप्रबन्धक सपना खरेलले सम्पत्ति शुद्धिकरण सम्बन्धी उक्त तालिम प्रदान गरेकी हुन्।

Advertisement
Advertisement

दुई दिने उक्त तालिम कार्यक्रमको पहिलो दिन चैत्र ०५गते कार्यालय प्रमुखहरूलाई नायव प्रमुख कार्यकारी अधिकृत श्री कमल पन्थीले बीमाका प्रोडक्टहरू बारेमा र मार्केटिङ्ग प्रमुख प्रशान्तराज धमलाले बजार व्यवस्थापनका तरिकाहरू बारेमा तालिम प्रदान गरेका थिए ।

सम्बन्धित समाचार