free website hit counter

५३ हजार ३२४ जनाले बुझे कोरोना बीमाको दाबी भुक्तानी ५ अर्ब

beemaadmin
२०७७ चैत्र ११, बुधबार

काठमाडौं । ५३ हजार ३२४ जनाले कोरोना बीमा बापत ५ अर्ब बढी भुक्तानी लिइसकेका छन् । कोरोना बीमाको दाबी भुक्तानी ५ अर्ब नाघेको हो । बीमा समितिको तथ्यांक अनुसार चैत ६ गते शुक्रबारसम्ममा कोरोना बीमा वापत ५ अर्ब १४ करोड १२ लाख ५० हजार रुपैयाँ भुक्तानी भएको छ । त्यस अवधिमा ५३ हजार ३२४ वटा दाबी वापत सो बराबरको रकम भुक्तानी भएको हो । शुक्रबारसम्ममा आवश्यक कागजपत्र पुरा भएका ८६ हजार ६१२ वटा दाबी भुक्तानीका फाइलहरु प्राप्त भएको बीमा समितिले जनाएको छ । त्यसमध्ये १ हजार ६३२ वटा आवेदन दाबी भुक्तानीको लागि स्वीकृति पाएका छन् ।
यस्तै भेरिफिकेशनको लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा ९ हजार ५० ३ हजार १११ वटा फाइलहरु पेन्डिङ्ग छन् भने ९ हजार १६३ वटा दाबी भुक्तानीका लागि प्रकृयामा छन् । थप ८ हजार ६८३ वटा दाबीका फाइल महाशाखामा पठाउन तयार रहेको समितिले जनाएको छ । दाबी भुक्तानीका लागि आवश्यक कागजपत्र पुरा नभएपछि ४ हजार २१० वटा फाइलहरु भने फेरी कम्पनीमा फिर्ता पठाएका छन् ।
हाल सम्म ५५० वटा दाबीको भुक्तानी नभएको समितिले जनाएको छ । उनीहरुले दोहोरो दाबी तथा फेक क्लेमको कारण दाबी भुक्तानी नपाउने भएको हो । कोरोना बीमामा दोहोरो दाबी पर्ने भएकोले पनि भेरिफिकेशन गर्न तथा दोहोरो भुक्तानी नियन्त्रण गर्न समय लागेको समितिले बताउँदै आएको छ ।

सम्बन्धित समाचार