free website hit counter

सेक्स टेप बनाउन ८० लाखको अफर

beemaadmin
२०७७ चैत्र १४, शनिबार

एजेन्सी । मान्छेले पैसा कमाउन र चर्चामा आउन के मात्रै गर्दैन ? सर्बियाकी मोडलनतालिजा स्केकिकले एक सनसनीपूर्ण खुलासामा आफूलाई विश्वका नम्बर १ टेनिस स्टार नोभाक जोकोभिचसँग सेक्स टेप बनाउनको लागि ६० हजार युरो (८० लाख रुपैयाँ)को अफर गरिएको खुलासा गरेकी छिन् । यी इन्स्टाग्राम स्टारले युरोपेली म्यागजिन स्वेट एण्ड स्क्याण्डलसँग कुरा गर्दै यो डीको उद्देश्य नोभाकको वैवाहिक जीवनलाई बर्बाद गर्नु रहेको पनि बताएकी छिन् ।

उनले भनिन् ‘यो सत्य हो कि मसँग एक व्यक्तिले सम्पर्क गरेका थिए । मैले ती व्यक्तिलाई पहिलेदेखि चिन्थें र उनलाई गम्भीर व्यवसायिक सम्झिन्थें । उनले मसँग डेटको बारेमा सोधेपछि मलाई लागेको थियो कि उनी मसँग व्यवसायिक सिलसिलामा कुरा गर्न चाहन्छन् । तर विस्तारै मलाई महसुस भयो कि यो मेरो जीवनसँग नभइ नोभाकको जीवनलाई बर्बाद पार्नको लागि एक षड्यन्त्र रचिँदै थियो ।’

उनले अगाडि भनिन् ‘ती व्यक्तिले मलाई भने कि मैले नोभाकलाई रिझउनुपर्नेछ र उनलाई एउटा रोमान्टिक स्थानमा लगेर उनीसँग सेक्स टेप सुट गर्नुपर्नेछ । मलाई उनले मजाक गरेजस्तो लागेको थियो तर उनी पूर्ण रुपमा गम्भीर थिए । उनले मलाई भने कि यो कामको लागि मैले ६० हजार युरो र विश्वमा कहिँ पनि विदा मनाउन ‘होलिडे ट्रिप’ पाउँछु ।’

मोडलले भनिन् ‘उसको कुरा सुनेर मलाई धेरै रिस उठ्यो मलाई उनको अनुहारमा पानी फ्याँकिदिन मन लागेको थियो तर त्यो सार्वजनिक ठाउँ थियो । मैले आफ्नो सामान उठाएँ र त्यहाँबाट हिँडें । म आशा गर्छु कि यो काम गर्न चाहने कुनै अर्की युवती भेटिने छैनन् किनकि यो नोभाकमाथि ज्यादती हुनेछ ।’ उनले अगाडि भनिन् ‘नोभाक विश्वका उत्कृष्ट खेलाडीहरुमा गनिन्छन् । उनी हाम्रो देशका ब्राण्ड एम्बेसेडर हुन् र आदर्श पारिवारिक व्यक्ति हुन् । म आशा गर्छु यो खुलासापछि अरु महिला पनि यो कामको लागि अगाडि आउने छैनन् ।

नोभाक र उनकी पत्नी जेलेनाको विवाह २०१४ मा भएको हो । नोभाक र जेलेनाको सम्बन्धलाई लिएर कैयौं किसिमका हल्लाहरु पनि चल्ने गरेका छन् । धेरै हल्ला चलिरहेका बेला २०२० मा नोभाकले भनेका थिए ‘म बुझ्न सक्छु मानिसहरुको लागि म र जेलेनाले डिभोर्स गर्न लागेको कुरा निकै रोचक हुन्छ । तर यस्तो छैन । किनकि हामी दुवैले एक अर्कालाई धेरै सम्मान गर्छौं र हाम्रो सम्बनध बलियो छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार