एजेन्सी । जीवनमा अनेक कुराको अनुभव गर्ने इच्छा हुनु स्वाभाविक हो । तर मान्छे मार्ने अनुभव लिन कोही कसैले हत्या गर्न थाल्यो भने अवस्था के होला ? १९ वर्षका एक किशोरले मान्छे मार्दा आफूलाई कस्तो महसुस हुँदो रहेछ भनेर जान्नको लागि आफ्नै साथीको हत्या गरेका छन् । यी किशोरले मृतकलाई २५ पटक छुरा हानेको बताइएको छ ।
युक्रेनको राजधानी किभनजिकै भएको यो घटनामा ती किशोरको पहिचान भने खुलाइएको छैन । किशोर साथीको घरमा अगाडिको ढोकाबाटै छिरेको र अप्रत्याशित रुपमा पितामाथि आक्रमण गरेको पुलिसले बताएको छ । द सनमा प्रकाशित रिपोर्टअनुसार ४७ वर्षया पीडितले चिच्याएको सुनेपछि उनकी पत्नी दौडिँदै घटनास्थल पुग्दा आरोपी किशोर पीडितको शरीरमाथि चढेका थिए र हिंस्रक तरिकाले पीडितको छातीमा चक्कुले प्रहार गरिरहेका थिए ।
\आफूले हत्या गरिरहेको अरुले देखेको थाहा पाएपछि ती किशोर भागेका थिए । महिलाले पुलिस र एम्बुलेन्सलाई फोन गरेपछि पतिका घाउबाट रगत बग्न रोक्न पट्टि बाँध्ने प्रयास पनि गरेकी थिइन् । तर, स्वास्थ्यकर्मीहरु आउँदासम्म उनको मृत्यु भयो । पुलिसले आरोपीलाई हत्याको २ दिनपछि बिहीबार पक्राउ गरेको छ । पुलिसलाई दिएको बयानमा उनले आफूले हत्या गरेको स्वीकार गरेका छन् ।
उनले पुलिसलाई आफूले आफ्नै रहरले साथीका पितालाई मारेको बताएका छन् । ‘म जान्न चाहन्थें कि मान्छे मार्दा कस्तो हुन्छ र म मान्छे मार्न सक्छु कि सक्दिन’ पुलिसले जारी गरेको भिडियोमा उनले भनेका छन् ‘मान्छे मार्दै गर्दा र मारिसकेपछि कस्तो महसुस हुन्छ भन्ने जान्न चाहन्थें ।’ मान्छे मार्दै गर्दा र मारिसकेपछि कस्तो महसुस भयो भन्ने प्रश्नको जवाफमा उनले केही भएन भनेका छन् ।
उनले आफूलाई पीडितका छोरा तथा आफ्ना सागीले नै आफ्ना पितालाई मार्ने काम दिएको बताएका छन् । पीडितका छोराले आफ्ना मातापितासँगको तनावपूर्ण सम्बन्धका कारण आफूले साथीलाई मातापिता दुवैलाई मार्न सुपारी दिएको बताएका छन् । मातापिताले आफूलाई आफ्नी गर्लफ्रेण्डसँग घरमा बस्न नदिएकोले उनले दुवैको हत्याको सुपारी दिएको उनले बताएका छन् ।