free website hit counter

यूनाइटेड इन्स्योरेन्सको सिइओमा पौडेलको नाम प्रस्ताव

beemaadmin
२०७७ चैत्र १७, मंगलवार

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीको सिइओमा निमित्त प्रमुख कार्यकारी अधिकृत उपासना पौडेललाई नै जिम्मेवारी दिने निर्णय सञ्चालक समितिको बैठकले गरेको छ । सो प्रस्ताव बीमा समितिमा अनुमतिको लागि पठाएको छ ।

बीमा समितिले गत फागुन २९ गते प्रमुख कार्यकारी अधिकृत नभएका ५ बीमा कम्पनीका अध्यक्षहरुलाई एक महिनाभित्रमा नियुक्त गर्न पत्र काटेपछि यूनाइटेड इन्स्योरेन्स कम्पनीले निमित्त सिइओ पौडेललाई नै जिम्मेवारी दिने निर्णय गरेको हो । यदि बीमा समितिले उपसनाको नियुक्तिलाई सदर गरेका खण्डमा उनि बीमा क्षेत्रकै पहिलो प्रमुख कार्यकारी अधिकृत हुने अवसर पाउने छिन् ।

Advertisement
Advertisement

बीमा क्षेत्रको उच्च व्यवस्थापनमा महिलाको सहभागिता न्यून रहेका बेला यूनाइटेड इन्स्योरेन्स कम्पनीले एउटी योग्य महिलालाई महत्वपूर्ण जिम्मेवारी दिन लागेको हो । युनाइटेड इन्स्योरेनले विगत तीन वर्षदेखि प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न सकेको छैन । २०७५ असारमा तत्कालिन प्रमुख कार्यकारी अधिकृत शेखर बरालले राजिनामा दिए यता कम्पनीमा प्रमुख कार्यकारी अधिकृत छैन । यस अगाडिका रमेश कुमार भट्टराईको पनि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमै करार अवधि सकिएको थियो।

Advertisement
Advertisement

करार अवधि सकिए सँगै उनि कम्पनीबाट बाहिरिएका थिए । उनि बाहिरिए सँगै कम्पनीले पौडेलालाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो । बीमकको संस्थागत सुशासनमा बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृतको व्यवस्था गर्नु पर्ने व्यवस्था छ । कम्पनीले उक्त संस्थागत सुशासनको पालना नगर्दा बीमा समितिले कठाइका साथ लागु गराउन थालेको हो। बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले संस्थागत सुशासनमा कुनै पनि संझौता नहुने भन्दै यसको अक्षरस पालना गर्न अनुरोध गर्दै आएका छन् ।

सम्बन्धित समाचार