काठमाडौँ । नेपाली जीवन बीमा बजारमा आफ्नो अलग्गै पहिचान बनाएको एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड स्थापनाको तेह्र वर्ष सफलतापूर्वक पार गरी चौधौंं वर्षमा प्रवेश गरेको छ । स्थापनाकालदेखिनै सामाजिक उत्तरदायित्वका कार्यक्रममा अग्रणी कम्पनीले २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको थियो ।
यस चौधौं वर्ष प्रवेशको उपलक्ष्यमा कम्पनीले २०७७ चैत्र २१ गतेदेखि वार्षिकोत्सव साप्ताहिक कार्यक्रम अन्तर्गत सामाजिक उत्तरदायित्वसँग सम्बन्धि विविध कार्यक्रमहरु आयोजना गर्ने जनाएको छ । वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायीत्वलाई विशेष प्राथमिकता दिई सितापाइला, काठमाण्डौंस्थित पुनर्वल सेवा नामक सामाजिक संस्थालाई १ थान वाटर प्युरिफायर हस्तान्तरण गरिएको छ ।
साथै प्रदेश स्तरमा नै सामाजिक उत्तरदायीत्व अन्तर्गत समेट्ने गरी देशैभरको ४० वटा शाखा कार्यालयमा सामाजिक उत्तरदायीत्वको कार्यक्रम सञ्चालन गरिएको छ । देशभर रहेका १४६ वटा शाखा उपशाखामार्फत् जीवन बीमा सेवा प्रदान गरिरहेको यस कम्पनीले १३ वर्षको अवधिमा २०७७ फागुन मसान्तसम्ममा कुल ५ लाख ६८ हजार बीमालेख बिक्री गरी रु.२८ अर्व ८६ करोड प्रिमियम संकलन गरेको छ । कम्पनीको जीवन बीमा कोष रु.२५ अर्ब ५० करोड र कूल लगानी रु.२६ अर्ब १९ करोड रहेको छ ।
हालसम्म यस कम्पनीले एशियन सावधिक, अग्रिम भुक्तानी, आजीवन र म्यादी सहित २३ वटा जीवन बीमा योजनाको साथै १८ प्रकारका घातक रोगविरुद्धको रक्षावरण हुनेगरी ‘एशियन क्रिटिकल केयर’ ऐच्छिक सुविधा समेत प्रचलनमा ल्याएको प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठले जनाएका छन् ।