free website hit counter

अमेरिकामा १२ वर्षकी बालिकालाई यौन सम्बन्धका लागि फकाउने लामा परे फन्दामा

beemaadmin
२०७७ चैत्र २४, मंगलवार

न्यूयोर्क । सामाजिक मर्यादा, अनुशासनमा बस्न सकेन भने मान्छे नराम्रोसँग फस्न सक्छ । अमेरिकामा बस्ने एक नेपाली युवालाई त्यहाँको एक संघीय अदालतले १२ वर्षकी बालिकालाई यौनसम्बन्धका लागि फकाएको आरोपमा दोषी ठहर भएका छन् । अमेरिकाको न्याय विभागका अनुसार ३२ वर्षका संजय लामा दोषी ठहर भएका हुन् । फ्लोरिडाको ज्याक्सनभिले बस्ने उनलाई कम्तीमा १० वर्षदेखि आजीवन जेल सजायसम्म हुनसक्ने विभागले जनाएको छ । लामालाई २०१९ को सेप्टेम्बर २५ मा ज्याक्सनभिलेबाट पक्राउ गरिएको थियो ।

त्यसपछि अहिलेसम्म उनी जेलमै थिए । उनलाई आउँदो जुलाइ १९ मा सजाय सुनाउनको लागि अर्को सुनुवाइ तोकिएको छ । नेपाली नागरिक लामा घटनाको समयमा ज्याक्सनभिलेमा कानुनी रुपमा बस्थे र स्थानीय कम्पनीमा सूचना प्रविधि विशेषज्ञको रुपमा काम गर्थे । अदालतमा पेश गरिएका प्रमाणअनुसार अनलाइनमा १२ वर्षकी गर्भवती बालिकाको रुपमा देखिएका अण्डरकभर एफबीआइ एजेन्टसँग लामाले सम्पर्क गरेका थिए ।

अनलाइनमा कुरा गर्ने क्रममा उनले ती बालिकालाई यौन सम्बनधका लागि भेट्न फकाएका थिए जबकि अनलाइनमा बालिकाको रुपमा कुरा गर्ने व्यक्ति वास्तवमा एफबीआइ एजेन्ट थिए । लामाले ती बालिकालाई यौन सम्बन्धका लागि भेट्ने इच्छा जनाउँदै १६० वटा टेक्स्ट म्यासेज पठाएका थिए । उनले आफूले बालिकासँग गर्न चाहेका यौनजन्य क्रियाकलापबारे पनि बताएका थिए ।

त्यस दिन दिउँसो उनी डाउनटाउन ज्याक्सनभिलेमा रहेको आफ्नो काम गर्ने ठाउँबाट निस्केर मोटरसाइकलमा बालिकासँग भेट्न निर्धारित स्थानमा पुगेका थिए । उनले ती बालिकालाई नजिकै रहेको आफ्नो फ्ल्याटमा लैजाने योजना बनाएका थिए । जब लामा भेट्न निर्धारित ठाउँमा पुगे त्यहाँ एफबीआइ एजेन्ट पनि पुगे । त्यतिबेलासम्म पनि लामाले ती बालिकासँग फोनबाट म्यासेजमा कुरा गरिरहेका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार