काठमाडौं । बीमा दुःखको साथी हो । जोखिम हस्तान्तरण गर्ने एउटै मात्रै माध्यम पनि बीमा हो । बीमाले जीवन त दिन सक्दैन तर बाँच्नेहरुका लागि र आश्रित परिवारका लागि बाँच्ने आधार पक्कै सिर्जना गर्छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना एक बीमितकाृ मृत्युपछि ४ करोड रुपैयाँ दाबी भुक्तानी दिएको छ ।
लिमिटेडले सो रकम हालसम्मकै उच्च बीमा दावी भुक्तानी भएको जनाएको छ । कम्पनीले रिलायबल सुलभ जीवन बीमा गरेका बिमित हरिप्रसाद पन्तको हृदयघातबाट मृत्यु भएपछि उनकी आश्रित श्रीमतीश्रीमती परु देवि पन्तलाई एक कार्यक्रमका बीच ४ करोड रुपैयाँ मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको हो । पन्तले डेढ वर्ष अगाडि ४ करोड रुपैयाँको सुलभ जीवन बीमा योजना खरिद गरेका थिए ।
दाबी भुक्तानी कार्यक्रममा नियामक निकाय बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले बीमा दावी भुक्तानी पाइँदैन, झन्झटिलो प्रकृया छ भन्ने कथनलाई रिलायबल लाइफले गलत सावित गरेको बताउनुभयो । बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले जीवन बीमाबाट आर्थिक सुरक्षा गर्ने उदाहरण यस दावी भुक्तानीबाट लिन सकिने बताए । कम्पनीले हालसम्म परेका दावी भुक्तानी मध्ये ९९ प्रतिशत दावी भुक्तानी गरिसकिएको उल्लेख गरेको छ ।