free website hit counter

प्रुडेन्सियल इन्स्योरेन्सले डाक्यो साधारण सभा, के के छन् प्रस्ताव

beemaadmin
२०७८ बैशाख १०, शुक्रबार

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको १९ औं वार्षिक साधारणसभा जेठ २ गते हुने भएको छ । कम्पनी सञ्चालक समितिको बैशाख ९ गते बसेको बैठकले जेठ २ गते, बिहान ११ बजे, बाराको होटल इच्छा, सिमारामा साधारण सभा आह्वान गरेको हो । कम्पनीले हाल कायम चुक्ता चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र त्यस प्रयोजनको लागि ०।४२ प्रतिशत गरी कुल ८।४२ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव पारित गर्नेछ। बोनस वितरण पछि कम्पनीको चुक्ता पूँजी १ अर्ब १० करोड ८५ लाख रुपैयाँ पुग्नेछ। यस्तै प्रस्तावित बोनस शेयर पश्चात कायम हुने चुक्ता पूँजीमा संस्थापक शेयरधनीहरुको स्वामित्व ६० प्रतिशतबाट ५१ प्रतिशत र सर्वसाधारण शेयरधनीहरुको स्वामित्व ४० प्रतिशतबाट ४९ प्रतिशत पुर्याउने प्रस्ताव पारित गर्दैछ। साधारण सभा प्रयोजनको लागि कम्पनीले बैशाख १९ गतेदेखि जेठ २ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ। त्यस अनुसार बैशाख १८ गतेसम्म कायम शेयरधनीले मात्रै कम्पनी लाभांश प्राप्त गर्न सकिनेछ।

सम्बन्धित समाचार

कक्षा १२ को परीक्षा सुरु

beemaadmin
२०८३ बैशाख १४, सोमबार

नेपाल बैंकले कमायाे २ अर्ब ७९ करोड नाफा

beemaadmin
२०८३ बैशाख १४, सोमबार

एभरेस्ट बैंकको नाफा ३ अर्ब ३२ करोड

beemaadmin
२०८३ बैशाख १४, सोमबार