free website hit counter

काठमाडौं उपत्यकामा वैशाख १५ देखि निषेधाज्ञाको तयारी

beemaadmin
२०७८ बैशाख १३, सोमबार

काठमाडौं । विश्व कोरोना संक्रमणको चपेटामा परेका बेला छिमेकी देश भारतमा फैलिएको कोरोना संक्रमणपछि नेपाल थप आतंंकित भएको छ । संक्रमण जोखिम बढेका जिल्लामा निषेधाज्ञा गर्न कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ। सीसीएमसीको आइतबार बसेको बैठकले बैशाख १५ गतेदेखि निषेधाज्ञा गर्न सिफारिस गरेको बताइएको छ। यस्तै, पहाडी क्षेत्रमा २ सय र शहरी क्षेत्रमा ५ सय सक्रिय संक्रमित भएका जिल्लामा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र ९डीसीसीएमसी०ले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिससमेत सीसीएमसी गरेको छ।

सीसीएमसीले सरोकारवाला मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरुलाई यससम्बन्धी आन्तरिक परिपत्रसमेत गरिसकेको छ। सीसीएमसीको प्रस्ताव अनुसार निर्णय गर्न अहिले काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दै छ।

प्रस्तावअनुसार भएमा आगामी बुधबार बिहान ६ बजेदेखि यतायातका साधन बन्द हुनेछन् भने आन्तरिक उडानसमेत बन्द हुने सीसीएमसी स्रोतले बताएको छ। यद्यपि, निषेधाज्ञा जारी भएको अवस्थामा गर्न पाइने तथा नपाइने विषयमा सम्बन्धित जिल्ला प्रशासनबाट निर्देशिका जारी हुने र त्यही अनुसार हुने सीसीएमसी स्रोतको भनाइ छ। पर्यटनमन्त्री भानुभक्त ढकालले आइतबारको सीसीएमसी बैठकले २ सय भन्दा बढी सक्रिय संक्रमित रहेका पहाडी क्षेत्र र ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका तराईका जिल्ला तथा शहरी क्षेत्रमा वैशाख १५ गतेदेखि निषेधाज्ञा जारी नगरे स्थिति नियन्त्रणबाहिर जाने भएकाले सोहीअनुसार गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको बताए।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार