free website hit counter

ज्योति लाइफको नाफा बढ्यो, अन्य सूचक पनि सन्तोषजनक

beemaadmin
२०७८ बैशाख १४, मंगलवार

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब २१ करोड ८ लाख रुपैयाँ बराबरको खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १००।९७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा इन्स्योरेन्सको खुद नाफा ४.८९ प्रतिशत बढेको छ।

सो अवधिसम्ममा इन्स्योरेन्सले १२ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। समीक्षा अवधिमा इन्स्योरेन्सको चुक्ता पूँजी ४२.८६ प्रतिशत बढेको छ भने जगेडा कोष ६०.५८ प्रतिशत, बीमा कोष १४८।९५ प्रतिशत र महाविपत्ती कोष ६०.५८ प्रतिशत बढेको छ। चैत मसान्तसम्ममा इन्स्योरेन्सले बीमालेख धितोबापत ४४ करोड ५५ लाख रुपैयाँ कर्जा प्रवाह गरी २ करोड ८५ लाख रुपैयाँ आम्दानी गरेको छ।

Advertisement
Advertisement

सो अवधिसम्ममा इन्स्योरेन्सको ८३ हजार १६७ बीमालेखबापत ५ अर्ब ४७ करोड ८९ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ। त्यसैगरी, सो अवधिसम्ममा इन्स्योरेन्सले २२८ दाबी बापत १० करोड ११ लाख रुपैयाँ भुक्तानी गरेको छ।

Advertisement
Advertisement

सम्बन्धित समाचार