free website hit counter

निषेधाज्ञामा पनि खुल्छ बैंक र वित्तीय संस्था

beemaadmin
२०७८ बैशाख १४, मंगलवार

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौंमा बैशाख १६ गतेदेखि जारि गरिने निषेधाज्ञामा बैंक तथा वित्तीय संस्थाहरुले भने सञ्चालन गर्न पाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयको बैठकले बैंक तथा वित्तीय संस्थाहरु खोल्न पाइने निर्णय गरेको हो । बैठकले बैंक तथा वित्तीय संस्थाले तोकिएको मापदण्ड पालना गरेर सिमित जनशक्तिमा काम गर्नुपर्ने व्यवस्था गरिएको छ । बैठकले अत्यावश्यकबाहेक सबै सेवा स्थगित गर्ने निर्णय गरेको हो । सार्वजनिक र निजी यातायात बन्द हुनेछन् । अत्यन्त जरुरी नपरेसम्म बाहिर निस्कन नपाइने व्यवस्था गरिएको छ । तर एम्बुलेन्स, शव बाहन, प्रेसको गाडी चल्न पाउने भएका छन्। अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, बैंक, वित्तिय संस्था, दूरसंचार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन लगायतका ढुवानी तथा यातायातका साधनमा विषय उल्लेख गरी संचालन गर्न पाउने निर्णय समेत भएको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार