काठमाडौं । पहिलो चरणको कोरोनामा केही मात्रामा जोगिएको राजधानी काठमाडौं दोस्रो चरणको कोरोना संक्रमणमा हटस्पट बनेको छ । सिंदै देशभरिका संक्रमितमध्ये आधा जसो संक्रमित दिनदिनै राजधानीमा भेटिन थालेका छन् ।
बितेको २४ घण्टामा काठमाडौंमा मात्रै १६०२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यस्तै ललितपुरमा २४० र भक्तपुरमा १२४ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै बाँकेमा पनि ५१५ जनामा संक्रमण पुष्टि भएको छ भने रुपन्देहीमा ३८३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै दाङमा २३० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बितेको २४ घण्टामा थप १८ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको पनि मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २२५ पुगेको छ ।