free website hit counter

मेगा बैंकको नाफा २ अर्ब नजिक

beemaadmin
२०७८ बैशाख १५, बुधबार

काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म झन्डै २ अर्ब रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बैंकको समीक्षा अवधिसम्म गत वर्षको तुलनामा ३५.९५ प्रतिशतले नाफा बढाउँदै १ अर्ब ९७ करोड रुपैयाँ आर्जन गर्न सफल भएको हो।

गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। तेस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब २९ करोड रुपैयाँ रहेको छ। बैंकको सञ्चालन मुनाफा २ अर्ब ७७ करोड रुपैयाँ रहेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा ३३.३४ प्रतिशतले बढी हो। गत वर्ष यस्तो मुनाफा २ अर्ब ७ करोड रुपैयाँ रहेको थियो। समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी २८.४२ प्रतिशतले बढेर ४ अर्ब ८ करोड रुपैयाँमा पुगेको छ।

गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी ३ अर्ब १८ करोड रुपैयाँ रहेको थियो। यो अवधिमा बैंकले १ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३३ अर्ब रुपैयाँ नै कर्जा लगानी गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १० अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो। बैंकको रिजर्भको आकार १.६८ प्रतिशतले बढेर २ अर्ब ९७ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिसम्म रिजर्भमा २ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो। बैंकले खराब कर्जा दर १.३१ प्रतिशत रहेको छ। आधार दर ७.५९ प्रतिशतमा सीमित छ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार