काठमाडौंं । कोरोना संक्रमणको दर भयावह बन्दै गएपछि भोलिदेखि घोषणा गरिएको निषेधाज्ञाका बेला पनि बैंक तथा वित्तीय संस्था भने खुल्ला रहने भएको छ । काठमाण्डौं उपत्यकामा बैंक तथा वित्तीय संस्थाहरु दिनमा चार घण्टा मात्र खुला हुने भएका छन्। निषेधाज्ञा लागेका उपत्यकाका तीन जिल्लामा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बैंक खुल्ने भएको हो । राष्ट्र बैंक र बैंकरबीच बुधबार भएको छलफलमा यो सहमति भएको छ । कोरोनाको संक्रमणको अवस्थालाई हेरेर पछि निर्णय गरिने बताइएको छ । बैंकका एटीम भने साविककै जस्तै खुला रहने छन् ।