free website hit counter

बीमा कम्पनीमा एकतिहाइ कर्मचारीमात्र खटिने, विद्युतीय सेवा प्रयोगमा जोड

beemaadmin
२०७८ बैशाख १८, शनिबार

काठमाण्डौ । मुलुक विषम परिस्थितिमा गुज्रिरहेको छ । यतिबेला सबै पेशा व्यवसाय संकटमा छन् । कोरोना संक्रमण जोखिम बढ्दै गएपछि स्थानीय प्रशासनहरुले जारी गरेको निषेधाज्ञाको समयमा सेवा प्रवाह गर्ने सम्बन्धमा बीमा समितिले इजाजतपत्र प्राप्त सबै बीमा कम्पनीहरुका लागि सेवा प्रवाह गर्नेसम्बन्धमा आवश्यक निर्देशन जारी गरेको छ।

समितिले बीमकहरुले आवश्यक बीमा सेवा प्रवाह गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने कर्मचारीहरुमध्ये एक तिहाइ कर्मचारीहरुद्वारा आलोपालोमा सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। यसरी पालोमा कार्य गराउँदा कार्यालय प्रमुखले कोभिड काज जनाउनुपर्ने निर्देशन पनि समितिले दिएको छ। समितिका अनुसार अब कम्पनीका सम्बन्धित सबै कर्मचारीहरुले अनिवार्य रुपमा फोटोसहितको परिचयपत्र साथमा लिई हिँड्ने व्यवस्था मिलाउनुपर्नेछ। निषेधाज्ञा अवधिभर विद्युतीय माध्यमबाट बीमालेख जारी तथा नवीकरण गर्न पनि समितिले निर्देशन दिएको छ। निर्देशनबमोजिम निर्जीवन बीमकले तत्काल सिर्जना हुने दाबीभुक्तानीका लागि विद्युतीय माध्यमबाट समेत निवेदन प्राप्त भएमा निषेधाज्ञाको अवधिमा समाप्त भएपछि सर्भेयर खटाई क्षति यकिन गरी दाबीभुक्तानी गर्नुपर्नेछ।

Advertisement
Advertisement

बीमालेख अनलाइन विधिबाट जारी गर्न सकिने र त्यसरी जारी गर्दा अनिवार्य रुपमा बीमा मितिबाट जारी भएका ऐन, नियम र निर्देशिका साथै बीमकको अन्डरराइटिङ म्यानुअलको अधीनमा रही गर्नुपर्नेछ। त्यस्तै बीमालेखको प्रस्ताव फाराम अनलाइनमार्फत भराउने र पर्याप्त रुपमा बीमा जोखिमांकन गरी बीमालेख जारी गर्न सकिने, बीमालेखको प्रस्ताव फाराम भर्दा ग्राहक पहिचान फाराम, फोटोलगायत अन्य जानकारीसमेत लिने व्यवस्था गर्नुपर्नेछ। बीमालेखअन्तर्गतको बीमाशुल्क विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको मोबाइल÷ई–बैंकिङ तथा अनलाइन सेवा प्रदायकमार्फत समेत भुक्तानी गर्न सकिनेछ।

Advertisement
Advertisement

सम्बन्धित समाचार