free website hit counter

नेपाल लाइफले दियो झण्डै १२ लाख मृत्यु दाबी भु्क्तानी

beemaadmin
२०७८ बैशाख १९, आईतवार

काठमाडौं । नेपालकाे अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितको मत्युपछि आश्रित परिवालाई मृत्यु दाबी भुक्तानीबापतको रकम हस्तान्तरण गरेकोछ । ०७७ साल मंसिरमा ज्यान गुमाएका बीमित मणी भट्टराईको बुबा मेदनी प्रसाद भट्टराईलाई ११ लाख ९५ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । मृतक भट्टराईले २०७४ साल माघ १४ गते १० लाख रुपैयाँको नौलो जीवन समृद्धि जीवन बीमा योजना खरिद गरी बीमा गराएका थिए । उनले तीन किस्ता बीमाशुल्क जम्मा गरेका थिए । उनलाई उनको बीमा रकम १० लाख रुपैयाँ र बोनश वापत १ लाख ९५ हजार रुपैयाँ गरी कम्पनीले जम्मा ११ लाख ९५ हजार रुपैयाँ दिएको जनाएको छ ।

सम्बन्धित समाचार