काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सबैजसो सूचांकमा प्रगति गरेको देखाएको छ । कम्पनीले खुद बीमाशुल्क २१.२७ प्रतिशत र नाफा ६.०७ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सिद्धार्थ इन्स्योरेन्सले १७ करोड ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ६.०७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले १६ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३९ करोड ३२ लाख, बीमा कोषमा ९२ करोड २९ लाख र महाविपत्ती कोषमा ६ करोड ७८ लाख रुपैयाँ सञ्चित छ । चालु आर्थिक वर्षको यस अवधि सम्ममा कम्पनीले १ लाख ५० हजार ३५६ वटा बीमालेख बिक्री गरी १ अर्ब ८३ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।