free website hit counter

आइएमई लाइफको खुद बीमाशुल्क पौने दुई अर्ब

beemaadmin
२०७८ बैशाख २१, मंगलवार

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विरवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा खुद बीमाशुल्क ११३.१४ प्रतिशतले बढेर १ अर्ब ८५ करोड ११ लाख रुपैयाँ पुर्याएको हो । सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) निष्काशनको तयारीमा रहेको कम्पनीले गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ८६ करोड ८५ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क संकलन गरेको थियो । कम्पनीको खुद बीमाशुल्कमा उल्लेख्य सुधार देखिए पनि खुद नाफा भने २।३ प्रतिशतले मात्रै बढेको छ । गत आर्थिक वर्षको यसै अवधिमा ९ करोड ८१ लाख रुपैयाँ कमाएको कम्पनीको खुद नाफा कम्पनीले १० करोड १ लाख रुपैयाँ पुगेको हो । चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ कम्पनीको जगेडा कोषमा ४५ करोड ५ लाख, जीवन बीमा कोषमा २ अर्ब ४९ करोड रुपैयाँ र महाविपत्ती कोषमा ५करोड रुपैयाँ सञ्चित छ । कम्पनी ६० करोड रुपैयाँ बराबरको शेयर निष्काशन पनि चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

सम्बन्धित समाचार