काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले ३ अर्ब ७ करोड ६६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा ३७.५० प्रतिशतले बढी हो । गत वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले २ अर्ब २३ करोड ७५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको खुद बीमाशुल्कसंगै खुद नाफा पनि २४.८७ प्रतिशतले बढेर २२ करोड ८६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले १८ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । चुक्ता पूँजी २ अर्ब ४१ करोड ७० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६२ करोड ५२ लाख रुपैयाँ, जीवन बीमा कोषमा १४ अर्ब ३६ लाख रुपैयाँ र महाविपत्ति कोषमा १४ करोड ७० लाख रुपैयाँ सञ्चित छ । कम्पनीले यस अवधिमा २ लाख ३८ हजार ८३१ वटा बीमालेख जारी गरी कुल ३ अर्ब ११ करोड ७१ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ ।