free website hit counter

संक्रमितको नयाँ रेकर्ड बन्यो, थप ९ हजार ७० संक्रमित, ५४ जनाको ज्यान गयो

beemaadmin
२०७८ बैशाख २३, बिहीबार

काठमाडौं । दिनदिनै नयाँ रेकर्ड बनाउने क्रममा आज पनि कोरोना संक्रमितको रेकर्ड कायम भएको छ । देशभर बिहीबार ९ हजार ७० संक्रमित थपिएका छन्। एकै दिन थपिएको यो संख्या हालसम्मकै उच्च हो। आज २१ हजार १ सय ४२ को परीक्षण गरिएको थियो। जसमध्ये पिसिआर परीक्षण गर्दा ८ हजार ९७० जना र एन्टिजेन परीक्षणबाट १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित हालसम्म संक्रमित हुनेको संख्या ३ लाख ६८ हजार ५८० पुगेको छ। मन्त्रालयका अनुसार २४ घण्टामा ५४ जनाको मृत्यु भएको छ । योसँगै कूल मृतकको संख्या ३ हजार ५ सय २९ पुगेको छ । २ हजार ७ सय ७ जनाले गत २४ घण्टामा कोरोनालाई जितेका छन्।

यससँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३५२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार नाघेको छ । दिनहुँ संक्रमणको दर बढ्दै जाँदा अवस्था भयावह बन्दै गएको देखिन्छ । मन्त्रालयका अनुसार बिहीबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ पुगेको हो भने संक्रमित निको हुने दर ७९।४ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै देशमा ९०७० जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट २० हजार ३६७ र एन्टिजेन विधिबाट ७७५ जनाको परीक्षण गर्दा क्रमशः ८९७० र १०० जनामा संक्रमण पुष्टि भएको हो। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ६८ हजार ५८० र निको हुनेको कुल संख्या २ लाख ९२ हजार ४९० पुगेको छ । पछिल्लो २४ घण्टामा २७०७ जना निको भएको पनि मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार