free website hit counter

‘काम’कै बेला प्रेमी निदाएपछि…

beemaadmin
२०७८ बैशाख २५, शनिबार

एजेन्सी। मान्छे यौनलाई कसरी चरम बनाउन सकिन्छ भन्ने नाममा अनेक प्रयोगमा लाग्दा ठूला दुर्घटना भएका छन् भने कतिले ज्यानै समेत गुमाउनु परेको छ । शारीरिक सम्बन्धको क्रममा प्रेमी निदाएपछि प्रेमिकाको मृत्यु भएको घटनामा अदालतले प्रेमीलाई लापरवाहीको आरोपमा दोषी ठहर गर्दै ६ वर्षको जेल सजाय सुनाएको छ । शारीरिक सम्बन्धलाई थप रोमाञ्चक बनाउने क्रममा उनीहरुबाट दुर्घटना हुन पुगेपछि महिलाको मृत्यु भएको थियो । बेलायतको यो जोडीले रोमाञ्चक यौन सम्बन्ध राख्ने चाहनामा एक रिसोर्टमा गरेका काम गल्तीवश खतरनाक भएका थिए । यो जोडी विदा मनाउन जाँदा एक रिसोर्टमा बसेका थिए । प्रेमीको नशाको बानीका कारण प्रेमिकाले ज्यान गुमाउनु परेको थियो । यो घटनामा अदालतले ५२ वर्षका वारेन मार्टिन कल्टनलाई गम्भीर लापरवाहीको आरोपमा दोषी ठहर गर्दै सजाय सुनाएको हो । मार्टिन आफ्नी ३८ वर्षकी गर्लफ्रेण्ड क्लेयर ह्वाइटसँग एक विलासी रिसोर्टमा बसेका थिए । मार्टिन र क्लेयर यो यात्रामा निकै एडभेन्चर गर्ने सोचेर गएका थिए । उनीहरुले यो यात्राका क्रममा आफ्नो साथमा मदिरा, ड्रग्स, पञ्जा, रातो टेप, सेतथो टेप, डोरी लगायतका चीजहरु पनि लिएर गएका थिए । रिसोर्टमा राती शारीरिक सम्बनधको क्रममा वारेनले क्लेयरलाई बाँधेका थिए र उनको मुखमा मोजा हालिदिएका थिए । तर, मार्टिनले अत्याधिक नशा गरेका कारण उनी निदाए । केही समयमा क्लेयरको स्थिति बिग्रिन थाल्यो । उनलाई निकै असहज र कठिन हुन थाल्यो । तर उनको हात खुट्टा बाँधिएको थियो र उनको मुखमा मोजा हालिएको थियो त्यसैले उनले आफूलाई बचाउन केही गर्न सकिनन् । अन्ततः उनको मृत्यु भयो । मार्टिन बिहान बिउँझिँदा क्लेयरको मृत्यु भइसकेको थियो । उनले सहयोग माग्नुको सट्टा घटनास्थलबाट फरार भए ।
रिसोर्ट स्टाफले क्लेयरको शव देखेपछि पुलिसलाई खबर गरेका थिए । द सनको रिपोर्टअनुसार यो घटनापछि महिलाको परिवारलाई निकै ठूलो धक्का लागेको छ । क्लेयरकी आमा जुली डेभिसका अनुसार छोरीको मृत्युपछि उनी लामो समयदेखि मानसिक रुपमा निकै विक्षिप्त भएकी छिन् । क्लेयरकी बहिनी क्रिस्टी राइटले आफू पनि मानसिक समस्याको सिकार भएको बताइन् । उनलाई सपनामा कसैले आफूलाई मार्न खोजेको जस्तो लाग्ने र तर्सिरहने उनले बताइन् ।

सम्बन्धित समाचार