free website hit counter

सन नेपाल लाइफको खुद बीमा शुल्क डेढ अर्ब नजिक

beemaadmin
२०७८ बैशाख ३१, शुक्रबार

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससिभत्र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १ अर्ब ४४ करोड १० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७९ करोड १० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ८२ दशमलव १७ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । १ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३३ करोड २२ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २० करोड ९४ लाख रुपैयाँ रहेको थियो । जीवन बीमा कोषमा २ अर्ब १८ करोड ३१ लाख रुपैयाँभन्दा बढी रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा १ अर्ब ११ करोड ६२ लाख रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा कम्पनीले ९ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३० दशमलव २८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिसम्ममा कम्पनीले १ अर्ब ६२ करोड ६९ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८३ करोड ४२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

सम्बन्धित समाचार