काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले आगामी जेठ २३ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान ११ बजे काठमाडौंको कमलादीमा रहेको कम्पनीको प्रधान कार्यालयमा आफ्नो तेश्रो वार्षिक साधारणसभामा डाकेको हो । उक्त सभा अनलाइन अर्थात भर्च्युअल प्रविधिमार्फत हुने भएको छ । र, सभामा सहभागी हुने सेयरधनीलाई मिटिङ्गको आईडी तथा पासकोड उपलब्ध गराउने कम्पनीले जनाएको छ । उक्त सभाले आईपीओ जारी गर्ने सञ्चालक समितिको विशेष प्रस्तावलाई पारित गर्दै छ ।