free website hit counter

पारित भयो एभरेष्ट इन्स्योरेन्सको बोनस शेयर

beemaadmin
२०७८ जेष्ठ ११, मंगलवार

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले प्रस्तावित गरेको लाभांश वार्षिक साधारणसभाबाट पारित भएको छ । सोमबार सम्पन्न कम्पनीको २६ औं वार्षिक साधारण सभाले सञ्चालक समितिबाट प्रस्ताव गरेको लाभांश पारित गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतको दरले बोनस शेयर र उक्त बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि ०।४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । दिउसो २ः०० बजे शुरु भएको सभामा कम्पनीका संचालक समितिका अध्यक्ष राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा रणनीति सम्बन्धमा आफ्नो मन्तब्य राखेका थिए ।

सम्बन्धित समाचार