free website hit counter

पृथ्वीमा लकडाउनले छेकेपछि आकाशमै झ्याइँझ्याइँ

beemaadmin
२०७८ जेष्ठ १२, बुधबार

एजेन्सी । कोरोना कहरले विश्व आतंकित छ । सबैतिर सामाजिक गतिविधि रोकिएका छन् । कोरोनाले आतंकित भएका नेपाल भारत जस्ता मुलुकमा विवाह ब्रतबन्ध समेत सीमित मानिसको एपस्थितिमा गर्ने व्यवस्था गरिएको छ । एक जोडीलाई बिहेमा आफ्ना सबै आफन्तहरु बोलाउन मन लागेपछि उनीहरुले हवाइजहाजमा चढेर आकाशमा बिहे गरेका छन् । उनीहरुले १ सय ३० जना आफन्तको साथमा हवाइजहाजमा बिहे गरेका छन् । यो अनौठो बिहे भारतको तमिलनाडुमा भएको हो । तमिलनाडुमा कोरोना संक्रमणका केसहरु बढेपछि मुख्यमन्त्री स्टालिनले २४ मे देखि ३१ मेसम्म पूर्ण लकडाउनको घोषणा गरेका छन् । यही बीच कैयौं जोडीहरु जसले २४ देखि ३१ मेको बीचमा बिहे गर्ने योजना बनाएका थिए तीमध्ये धेरै जोडी मन्दिरबाहिर जम्मा भए र आफ्नो आफन्तको अगाडि बिहे गरे किनकि लकडाउनको अवधिमा कुनै पनि समारोहको अनुमति दिइएको छैन । एक जोडीले भने एक कदम अगाडि बढेर चार्टर्ड हवाइ जहाजमा बिहे गरे । द न्यू इण्डियन एक्सप्रेसका अनुसार तमिलनाडुको मदुरैका राकेश र दीक्षाले एक विमान भाडामा लिए र १३० आफन्तको साथमा विमान आकाशमा भएका बेला बिहे गरे । यो जोडीको बिहे २ दिन पहिले भएको थियो र बिहेमा निकै कम पाहुना सहभागी भएका थिए तर जब राज्यमा १ दिनको छुटको घोषणा भयो त्यसपछि उनीहरुले यसरी धेरै आफन्तको साथमा बिहे गर्ने योजना बनाए । दम्पतीले आफूसँग बिहेमा सहभागी भएका १३० जना सबै आफन्त भएको र उनीहरुको आरटीपीसीआर रिपोर्ट नेगेटिभ आएपछि मात्रै उनीहरुलाई विमानमा चढाइएको दावी गरेका छन् । तमिलनाडुमा औसत ३५ हजार संक्रमणका केस भेटिएका छन् । यही कारण मुख्यमन्त्रीले लकडाउन कडा बनाएर एक हप्ता बढाउने निर्णय गरेका थिए । २३ मेका दिन एक दिनको लागि छुट दिँदै पसलहरु पनि राती ९ बजेसम्मका लागि खोल्न अनुमति दिइएको थियो ।

सम्बन्धित समाचार