free website hit counter

नयाँ स्वास्थ्यमन्त्रीले भने, सबैलाई खोप लगाउने व्यवस्था मिलाउँछु

beemaadmin
२०७८ जेष्ठ २२, शनिबार

काठमाडौं । जनता कोरोनाबाट आतंकित भइरहँदा सत्तामा बस्नेलाई कुर्सी बचाउने चिन्ता छ भने बाहिर भएकालाई कुर्सीसम्म पुग्ने भर्याङ चाहिएको छ । यही बेला सरकारमा केही थान मन्त्रि थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी नेकपा एमालेका नेता शेरबहादुर तामाङले पाएका छन्। शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई पदमुक्त गर्दै नेता तामाङलाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिएका हुन्। मन्त्री तामाङले स्वास्थ्यमन्त्री पदको सपथ पनि लिइसकेका छन्। स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री तामाङले कोरोना भाइरस विरुद्ध प्रयोग हुने खोपको खरिद प्रक्रियालाई पारदर्शी बनाउने बताएका छन्। मन्त्री तामाङले सबै नेपालीलाई खोप लगाउने व्यवस्थान मिलाउने कामलाई प्राथमिकता दिने पनि बताएका छन् । तामाङ ओली क्याबिनेटमा केही समय पहिला कानुन तथा संसदीय मामिला मन्त्री भएका थिए।

कोरोना महामारीमै सरकारले तीन स्वास्थ्यमन्त्री फेरिसेको छ । कोरोना महामारी सुरु भएयता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व तेस्रो पटक परिवर्तन भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज स्वास्थ्यमन्त्रीका रुपमा शेरबहादुर तामाङलाई नियुक्त गरेका हुन्। उनले ६ महिना नपुग्दै स्वास्थ्यमन्त्री परिवर्तन गरेका छन्। नेपालमा कोरोना महामारी सुरु भएदेखीको डेढ वर्षको अवधिमा ३ जना मन्त्री फेरिएका छन्। यो महामारीको अवधिमा भानुभक्त ढकाल, हृदयेश त्रिपाठी र अहिले शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री भए।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार