free website hit counter

युनियन लाइफले दियो २० लाख ५६ हजार मृत्यु बीमा दाबी भुक्तानी

beemaadmin
२०७८ जेष्ठ २८, शुक्रबार

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितको मृत्युपछि आश्रित परिवारलाई बीमा दाबी भुक्तान दिएको छ । कम्पनीको आवुखैरेनी शाखाले बिहिबार एक कार्यक्रमको आयोजना गर्दै मृतकका परिवारलाई २० लाख ५६ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी दिएको हो । कम्पनीका गण्डकी प्रदेश प्रमुख टुल्कनाथ आचार्य, आवुखैरेनी गाउँपालिका –३ का वडा सदस्य दिनेश केसी, आवुखैरेनी शाखाका प्रमुख सविता भट्टराई लगायत स्थानीय मान्यगुन्य व्यक्तिको उपस्थितिमा स्वार्गिय गंगासिह तामाङका छोरा पिटर तामाङलाई सो रकम प्रदान गरिएको हो । गत माघमा तामाङले २० लाख रुपैयाको वरावरको जीवन बीमा गरेका थिए । गत चैतमा उनको निधन भएको थियो । २० लाखको बीमा गर्दा प्रथम बीमा शुल्क झण्डै १ लाख ५३ हजार रुपैया बुझाइएको थियो ।

सम्बन्धित समाचार