free website hit counter

लुम्बिनी जनरल इन्स्योरेन्सका शेयरधनीलाई १० प्रतिशत बोनस

beemaadmin
२०७८ जेष्ठ २९, शनिबार

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १६औं वार्षिक साधारण सभाले १० प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ । भर्चुअल सभाले ५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनश शेयर गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । त्यस्तै, सभाले संचालक समितिको १६औं वार्षिक प्रतिवेदन २०७६–७७ पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित २०७७ साल असार मसान्तको वासलात, आर्थिक वर्ष २०७६–७७ को नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण र अनुसूचिहरु पारित गर्ने, आर्थिक वर्ष २०७७–७८ को लागि लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने एजेण्डा पारित भएको छ । त्यसैगरी प्रबन्धपत्रको प्रस्तावित संशोधनमा सम्बन्धीत निकायको निर्देशन अनुसार आवश्यक समायोजन गर्न संचालक समितिलाई अख्तियारी दिने, संचालकहरुको बैठक भत्ता पुनरावलोकन गर्ने लगायतका प्रस्ताव पारित भएको छ ।

सम्बन्धित समाचार