free website hit counter

हिमालयन जनरल इन्स्योरेन्सको २७औं वार्षिक साधारणसभा सम्पन्न

beemaadmin
२०७८ जेष्ठ २९, शनिबार

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले आफ्नो २७औ वार्षिक साधारण सभा भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ । साधारणसभा केन्द्रिय कार्यालय थापागाउँमा सम्पन्न भएको हो । साधारण सभाले सञ्चालक समितिले यस अगाडि प्रस्ताव गरेको ३ प्रतिशत बोनश शेयर र कर प्रयोजन सहित ३ दशमलव ७५ प्रतिशत नगद लाभांश अनुमोदन गरेको छ । त्यस्तै, सभामा संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन छलफल गरि पारित तथा लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६–७७ को वासलात नाफा नोक्सान हिसावल नगद प्रवाह विवरण इक्वीटीमा भएको परिवर्तन र सम्बन्धि अनुसूचीहरु पारित भएको छ ।

सम्बन्धित समाचार