free website hit counter

अनलाइन बीमा दाबीमा दुई दिनमै भुक्तानी

beemaadmin
२०७८ जेष्ठ २९, शनिबार

काठमाडौैं । बीमा दाबी भुक्तानीका पट्यार लाग्दा दाबी प्रक्रिया विस्तार छोटिँदै जाने क्रममा अब त डिजिटल दाबीबाट पनि भुक्तानी शुरु भएको छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले केही दिन अघि मात्र शुरु गरेको “डिजिटल सिटिजन” अभियान अन्तर्गत अनलाईनबाटै बीमा दाबी भुक्तानी दिएको छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको टीकापुर शाखाका बीमित टीकापुर नगरपालिका– १ की शोभा कुमारी बमको हालसालै कोरोनाको कारण निधनभ एपछि अनलाईनबाटै दाबी प्रकृया अगाडि बढाएकोमा कम्पनीले दुई दिनमै भुक्तानी दिएको छ । लाभ रकम १० लाख रुपैयाँ, बोनस रकम ३५ हजार रुपैयाँ तथा काजकृया खर्च बापत ५० हजार रुपैयाँ गरि जम्मा १० लाख ८५ हजार रुपैयाँको रकम हस्तान्तरण गरिएको हो ।

सम्बन्धित समाचार