काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ करोड ७७ लाख रुपैयाँ बढीको आईपीओ यही असार ११ गतेबाट निष्कासन हुने भएको छ। संस्थाको १९ करोड ७७ लाख ३० हजार रुपैयाँबराबरको आईपीओ निष्कासन हुने भएको हो। यो संस्थाको जारी पुँजी ६० करोड ८४ लाख रुपैयाँको ३२।५० प्रतिशतबराबरको आईपीओ हुनेछ। संस्थाले १०० रुपैयाँ अंकित दरका कुल १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्कासन गर्नेछ। जसमा ३० हजार ४२० कित्ता कर्मचारीका लागि र ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी १८ लाख ४८ हजार १५ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्। यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। आईपीओमा नेपाल धितोपत्र बोर्डबाटी स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाकार्यालयहरु तथा सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फ आवेदन दिन सकिनेछ। जीवन विकास लघुवित्तका आईपीओ निष्कासन बन्द छिटोमा असार १५ गते र ढिलोमा असार २५ गते बैंकिङ समयपछि हुनेछ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ। मोरङको कटारी गाउँपालिका वडा नं. २ मा केन्द्रीय कार्यालय रहेको यो संस्थाको आईपीओलाई नेपाल धितोपत्र बार्डले गत असार २ गते निष्कासन अनुमति दिएको थियो।