free website hit counter

लघुबीमा कम्पनी सञ्चालनका लागि अध्ययन समिति गठन

beemaadmin
२०७८ असार १४, सोमबार

काठमाडौं । थप एउटा कम्पनीलाई पुनर्बीमा व्यवसाय सञ्चालनको अनुमति दिएको बीमा समितिले लघुबीमा कम्पनी सञ्चालनको लागि अनुमति दिने तयारी थालेको छ । समितिले लघुबीमा कम्पनीलाई सञ्चालन अनुमति दिने तयारी स्वरूप त्यसको आवश्यकता र औचित्यको बारेमा अध्ययन गर्न समिति गठन गरेको छ । अध्ययन समितिमा समितिका निर्देशक शुशीलदेव सुवेदीको संयोजकत्वमा उप निर्देशक पुनम ज्ञवाली श्रेष्ठ, सगरमाथा इन्स्योरेन्स सीइओ चंकी क्षेत्री र सिटिजन लाइफ इन्स्योरेन्सका सीइओ पोषक राज पौडेल सदस्य रहेका छन् । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाले अध्ययन समितिले पेश गरेको प्रतिवेदनको आधामा निर्णय लिने बताएका छन् । लघुबीमामा सरकारले पनि उच्च प्राथमिकता दिएको जानकारी गराउदै सिलवालले बजारको अध्ययन गरेर अघि बढ्ने बताएका छन् । तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले पनि लघुबीमा व्यवसाय सञ्चालन गर्नको लागि मात्रै भएपनि लघुबीमा कम्पनीको आवश्यकता रहेको औल्याउदै आएका थिए ।

सम्बन्धित समाचार