free website hit counter

सानिमा लाइफको आईपिओ साउन २० गतेदखि निष्काशन

beemaadmin
२०७८ श्रावण १२, मंगलवार

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओमा साउन २० गतेदेखि सर्वसाधारणले आवेदन दिन पाउने भएका छन् । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता प्राथमिक शेयर जारी गर्न लागेको हो । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओमा साउन २० गतेदेखि साउन २४ गतेसम्म आवेदन खुलाउने भएको छ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको कुल ६० लाख कित्ता आईपिओ मध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र थप ५ प्रतिशत अर्थात तीन लाख कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ५४ लाख कित्ता शेयर आवेदन दिएका सर्वसाधारणको लागि वितरण गरिने कम्पनीले जनाएको छ । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेडका कृष्ण गिरीका अनुसार सर्वसाधारणहरुले मेरो शेयरको वेभसाइट तथा एप र सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थामा गएर आईपिओ भर्न सक्नेछन् । तर, आईपिओ भर्न डिम्याट खाता भने अनिवार्य रुपमा आवश्यक पर्नेछ । दुई अर्ब जारी पुँजिको ३० प्रतिशत आईपिओ जारी गर्न लागेको हो । कम्पनीको हाल चुक्ता पुँजि एक अर्ब ४० करोड रुपैयाँ छ । आईपिओ जारी भएपछि कम्पनीको कूल चुक्ता पुँजि दुई अर्ब पुग्नेछ । सानिमा लाइफको आइपीओमा न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

सम्बन्धित समाचार