free website hit counter

सानिमा लाइफद्वारा २० लाख मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७८ श्रावण १९, मंगलवार

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितका परिवारलाई बीमा दाबी भुक्तानी दिएको छ । कम्पनीले भरतपुर ४, चितवन निवासी लक्ष्मी सापकोटालाई मृत्यु दाबी भुक्तानीबापत २० लाख ७० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो । २०७७ साल चैत २२ गते प्रथम बीमाशुल्क बापत १ लाख ५७ हजार ४४८ रुपैयाँ बुझाइ १४ वर्ष अवधिका लागि २० लाखको बीमालेख खरिद गरेका बीमित टिकाराम सापकोटाको जेठ २२ गते असामयिक निधन भएको थियो । सोही अनुरुप कम्पनीले मृतककी श्रीमतिलाई दाबी रकम दिएको हो । कम्पनीका लुम्बिनी प्रदेशका क्षेत्रीय प्रबन्धक जयदेव गौतम, बर्दघाट शाखाका शाखा प्रबन्धक ढाकाराम तिम्सिना निज सापकोटा निवासमा पुगेर एक कार्यक्रमका बीच चेक हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा भरतपुर – ०४ का वडाध्यक्ष जगन्नाथ कँडेलले जीवन बीमा सम्बन्धी चेतना बढाउनु पर्ने आजको आवश्यकता भएको बचाएका थिए । कार्यक्रममा कम्पनीका एजेन्सी मेनेजरहरु केशरप्रशाद पोख्रेल, बिष्णु भण्डारी र एकराज रिजालको उपस्थिति थियो ।

सम्बन्धित समाचार

आइएमई लाइफको सिइओमा खड्का नियुक्त

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार

काठमाडौँमा शुरु भयो रविको बयान

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार