free website hit counter

सर्वोत्तम सिमेन्ट काण्डमा नेप्सेको सीईओको राजीनामा

beemaadmin
२०७८ भाद्र ९, बुधबार

काठमाण्डौ । सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले कुर्सी खाली गरिदिएका छन् ।

सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका साउदले पत्रकार सम्मेलनको आयोजना गरी नेप्सेको सीईओ पदबाट राजीनामा दिएको जानकारी गराएका हुन्। साउदले यो मुद्दाको अध्ययन र अनुसन्धानलाई सहज बनाउन आफूले पदबाट राजीनामा दिएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए।

पराजुलीका अनुसार साउदले नेप्सेका अध्यक्ष एवं अर्थ मन्त्रालयअन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका सहसचिव दीर्घराज मैनालीसमक्ष राजीनामा पत्र बुझाएका छन्। त्यसो त साउदको कार्यकाल आउँदो असोज २२ गतेसम्म रहेको थियो।

यही प्रकरणमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना पनि मुछिएका छन्। साउद र ढुंगानालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाउन अर्थ समितिले निर्देशन दिएको थियो।

सर्वोत्तम सिमेन्टो नारामा भनिए जस्तो सर्वोत्तम मजबुदी यहाँ देखिएन । त्यही सिमेन्टका काण्डमा जोडिएका साउदको पद मजबुद हुन सकेन ।

 

सम्बन्धित समाचार

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

सेबोनको कारबाहीमा परे तीन ब्रोकर

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार