free website hit counter

सुनचाँदी व्यवसायीको बीमा एनएलजी इन्स्योरेन्समा

beemaadmin
२०७८ भाद्र २१, सोमबार

काठमाडौं । व्यवसायिको सुरक्षाका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले व्यवसायसँग आवद्ध व्यवसायीको इन्स्योरेन्स एनएलजी इन्स्योरेन्समा गराउने भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ र एनएलजी इन्स्योरेन्स बीच बीमा गराउने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा महासंघका अध्यक्ष माणिकरत्न शाक्य र एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सीईओ सुनिल बल्लभ पन्तले गरेका छन् ।
समझदारीसँगै अब मुलुकभरका सुनचाँदी व्यवसायीले एनएलजी इन्स्योरेन्समा बीमा गराउने छन् । देशभरका सबै जिल्ला तथा नगर एवं एशोसिएटस सदस्यहरुले एनएलजी इन्स्योरेन्सको जुनसुकै शाखाबाट यस सुविधा लिन सक्ने छन् ।

सम्बन्धित समाचार