free website hit counter

कृषि तथा पशुपन्छि बीमा अभिकर्ता तालिम खुल्दै

beemaadmin
२०७८ भाद्र २५, शुक्रबार

काठमाडौं । बीमा क्षेत्रमा लाग्न चाहनेहरुका लागि बीमा कम्पनीहरुले बेला बेलामा अभिकर्ता तालिम सञ्चालन गर्दै आएका छन् । कोरोना कहरले सबैतिर अस्तव्यस्त बनाएका बेला भर्चुअल विधिबाट तालिम सञ्चालन भइरहेका छन् । यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले कृषि तथा पशुपन्छि बीमा अभिकर्ता तालिम दिन लागेको हो । कोरोनाको अवस्थालाई मध्यनजर गर्दै कम्पनीले जुम मार्फत ३ दिन तालिम संचालन गर्ने भएको होे । उक्त तालिममा सहभागी हुन न्यूनतम योग्यता एलएलसी उर्तिण र कृषि, पशु वा बनस्पती विज्ञानमा कम्तीमा एक बर्षको तालिम प्राप्त अभिकर्ताले आवेदन दिनसक्ने छन् । इच्छुक योग्यता पुगेका ब्यक्तिले तालिममा सहभागी हुनका लागि भदौ ३१ गते भित्र कम्पनीको प्रधान कार्यालय ट्रेड टावर थापाथलीमा सम्पर्क गर्न सक्नेछन् । कम्पनीको तालिम असोज ६ देखि ८ गतेसम्म बिहान ९ बजेदेखी कम्पनीको प्रधान कार्यालयमा जुममार्फत हुनेछ ।

सम्बन्धित समाचार