काठमाडौं । बीमा समितिले बीमा सम्बन्धी चेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा अगाडि बढाएको छ । यसै सिलसिलामा बीमा समितिले बीमासम्बन्धी जनचेतनामुलक भिडियो सार्वजनिक गरेको छ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलगायतका कलाकारको अभिनय रहेको सो भिडियोले बीमा सम्बन्धी जनचेतना बढाउने विश्वास लिइएको छ ।
स्थानीय निकायमा पुगेर जनप्रतिनिधिहरुसँग बीमा सम्बन्धी अन्तर्क्रिया तथा छलफल गरिरहेको समितिले सो भिडियो सार्वजनिक गरेको हो । भिडियोमा विवाहमा केटी हेर्ने जादा केटीको प्रमुख कार्य अभिकर्ता रहेको प्रसंङ्गलाई जोडेर जीवन बीमा र निर्जीवन बीमालाई बुझाउन खोजिएको छ । यस भिडियो मार्फत नेपाली समाजमा अभिकर्तालाई पनि एउटा प्रमुख पेशाको रुपमा चित्रण गर्न खोजिएको छ । नेपाली समाजमा डाक्टर, इन्जिनियर, पाइलट, बैंकर, बीमक, व्यापार व्यवसाय गर्नेहरुलाई मात्रै उच्च मूल्यांकन गर्ने गरिएकोमा यस भिडियोले अभिकर्ता पेशालाई पनि उच्च मूल्याउने प्रयास गरिएकोछ ।
बीमा समितिले पहिलो पटक आफ्नै युट्युव च्यानल सञ्चालनमा ल्याउँदै बीमा चेतना अभियान थालेको हो । आगामी दिनमा पनि बीमा सचेतना सम्बन्धी भिडियोहरु सार्वजनिक गर्दै जाने प्रतिबद्धना बीमा समितिले गरेको छ ।