free website hit counter

प्रशान्त तामाङको मृत्युको हल्ला फैलिएपछि….

beemaadmin
२०७८ आश्विन ६, बुधबार

काठमाडौं । अभिनेता तथा गायक प्रशान्त तामाङको मृत्युको हल्ला मंगलबार दार्जिलिङ, कालिम्पोङ, सिक्किम लगायतका क्षेत्रमा फैलियो । सामाजिक संजालबाट यस्तो खबर फैलिएपछि यो कुराले उनका प्रशंसकलाई दुःखी तुल्यायो । हल्ला निकै फैलिएपछि प्रशान्त र उनकी पत्नी मार्था तामाङले विज्ञप्ति नै जारी गर्नुपर्‍यो । सितिमिति सार्वजनिकरुपमा नआउने उनकी पत्नी मार्थाले मृत्यु हल्लाको खण्डन गर्दै आफ्नो श्रीमान जीवित र स्वस्थ रहेको कुरा बताएकी छिन् ।
मार्था लेख्छिन्, सामाजिक संजालमा फेक न्यूज फैलिएपछि म यो लेख्न बाध्य छु । मेरो श्रीमान भगवानको आशिर्वादले जीवित र स्वस्थ हुनुहुन्छ । मेरो परिवार, आफन्त र साथीभाइले फोन र म्यासेज गरेर चासो दिनुभएको छ । चासो र मायाप्रति धन्यवाद ।’
उनले हल्ला फैलाउने त्यहाँका स्थानिय मिडियालाई उजुरी गर्ने समेत बताएकी छिन् । आफ्नै मृत्युको हल्ला फैलिएपछि प्रशान्तले पनि लेखेका छन्, मेरो आयु अझै लामो होस् भनी शुभकामना दिनुभएकोमा हजुरलाई धेरैभन्दा धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु ।’

सम्बन्धित समाचार

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार