काठमाडौं । कम्पनीभित्रको नियुक्तिको विषयमा असन्तुष्टि जनाउँदै गुरासँ लाइफका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले दिएको राजिनामा कम्पनी सञ्चालक समितिले स्वीकृत गरेको छ । सञ्चालक समितिले सिइओ भट्टराईसँग सल्लाह नगरी डिसिइओमा स्मृतिराज कँडेललाई नियुक्त गरेपछि यो असन्तुष्टि बढेको हो । भट्टराईले आफ्नो कार्यकाल दुई महिना बाँकी रहे पनि असोज १९ गते राजिनामा दिएका थिए । सिइओ भट्टराईको राजिनामालाई असोज २१ गते बसेको संचालक समितिको बैठकले कात्तिक एक गतेदेखि लागु हुने गरी राजिनामा स्वीकृत गरेको हो ।