free website hit counter

एनआईसी एशियाको लाभांश दुई वर्षयताकै कम

beemaadmin
२०७८ कार्तिक ९, मंगलवार

काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७–०७८ को नाफाबाट सेयरधनीलाई कूल १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कार्त्तिक ८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७८९४७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

प्रस्तावित १५.७८९४७ प्रतिशत लाभांश गत दुई वर्षयताकै कम हो । बैंकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट २० प्रतिशत र आर्थिक वर्ष २०७५–७६ को नाफाबाट सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सम्बन्धित समाचार